बेनी
मङ्सिर २२
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि सार्वजनिक गरिने भएको छ । नापी विभागको आफ्नै जनशक्ति प्रयोग गरेर विभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरु प्रशोधन गरी सगरमाथाको उचाई सम्बन्धी पछिल्लो परिणाम निकालिएको विभागले जनाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार भेट आयोजना गरी दिइएको जानकारी अनुसार सगरमाथाको उचाइबारे मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल भइसकेको छ ।
सगरमाथाको हालको उचाइ मापनमा योगदान पु¥याउने व्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिने जानकारी पनि विभागले दिएको छ ।
