Notification

×

Iklan

Iklan

मानव विकास सूचकाङ्कमा फड्को मार्दै नेपाल

Wednesday, December 16, 2020 | December 16, 2020 WIB Last Updated 2021-12-30T03:24:53Z

 बेनी

पुस १


गुणस्तरीय जीवनको मापक अर्थात् मानव विकास सूचक (एचडिआई)मा नेपालले फड्को मारेको छ । राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले बुधबार जारी गरेको सूचकाङ्कमा नेपाल १४७ औं स्थानबाट पाँच स्थान सुधार गर्दै १४२ औं स्थानमा उक्लेको हो । १८९ देशहरु समावेश मानव विकास सूचकाङ्कमा ०.६०२ सूचक प्राप्त गरेको नेपाललाई प्रतिवेदनमा ‘मध्यम मानव विकास सूची’मा समेटिएको छ । 




विश्वको औसत सूचक ०.७३७ को तुलनामा नेपालको अवस्था धेरै तल भए पनि नेपाल आफैले गरेको प्रगति भने लोभलाग्दो देखिएको छ । त्यस्तै लैंगिक विकास सूचक विश्वमा ०.९४३ हुँदा नेपालको ०.९३३ रहेको छ । यसको अर्थ लैङ्गिक सवालमा नेपालले उल्लेख्य प्रगति गरेको भन्ने हो ।


मानव विकास सूचकाङ्कमा औसत नेपालीको आयु ७०.८ वर्ष पुगेको छ । १९९० मा ५४.४  वर्ष रहेकोमा २०१८ मा ७०.५ वर्ष पुगेको थियो ।  


त्यस्तै कूल राष्ट्रिय आय प्रति व्यक्ति ३ हजार ४५७ डलर रहेको प्रतिवेदनमा उल्लेख छ ।


त्यस्तै, गरिबीको तथ्याङ्क कूल जनसंख्याको ३४ प्रतिशत रहेको उल्लेख छ । सूचकांकमा प्रति एक लाखमा २.३ जनाको हत्या हुने गरेको उल्लेख छ । त्यस्तै इन्टरनेट प्रयोगकर्ता कूल जनसंख्याको ३४ प्रतिशत रहेको युएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।

यो सूचकाङ्कमा नर्वे पहिलो स्थानमा छ । त्यस्तै आयरल्याण्ड र स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छन्। दक्षिण एसियामा श्रीलङ्का सबैभन्दा अगाडि छ । विश्व सूचीमा श्रीलङ्का ७२ औं स्थानमा, मालदिभ्स ९५ औं स्थानमा छ । त्यस्तै भुटान १२९, भारत १३१, बङ्गलादेश १३३, पाकिस्तान १५४ र अफगानिस्तान १६९ औं स्थानमा छ ।


उत्तरी छिमेकी चीन ८५ औं स्थानमा रहँदा चीनको विशेष प्राशासनिक क्षेत्र हङकङ विश्वमै चौथो स्थानमा छ । सूचीको पुछारमा बुरुण्डी १८५ औं स्थानमा छ ।


बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिवेदन सार्वजनिक गरेका हुन् ।


यूएनडीपीले दीर्घ स्थास्थ्य जीवन र औसत आयु, शिक्षा, आम्दानी, मानव अधिकार, सामाजिक सुरक्षा लगायतका आधारमा हरेक वर्ष मानव विकास सूचकाङ्क (एचडिआई) सार्वजनिक गर्दै आएको छ । 



×
Berita Terbaru Update