Notification

×

Iklan

Iklan

प्रतिनिधिसभा विघटनबारेको रिटको सुनुवाइ आज हुँदै

Thursday, December 24, 2020 | December 24, 2020 WIB Last Updated 2021-12-30T03:24:46Z

 बेनी

पुस १०


संविधानको धाराको अपव्याख्या गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई उल्टाउन परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।




गत सोमबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिट परेको थियो । तीमध्ये ११ वटा रिटउपर बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा प्रारम्भिक बहस चलेको थियो ।


एकतर्फी बहसपछि प्रधानन्यायाधीश राणाले सबै मुद्दाको सुनुवाई संवैधानिक इजलासबाट हुने निर्णय गरिदिएका थिए ।


प्रतिनिधिसभा पुनस्र्थापना हुने–नहुनेबारे अब अदालतले मात्रै निर्णय दिन सक्नेछ । आज संवैधानिक इजलासमा सबै १२ वटै रिटमाथि बहस हुनेछ ।


इजलास गठन

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सुनुवाई गर्न आवश्यक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको हो ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकिएका छन् ।


न्यायपरिषदको सिफारिशमा परेका १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेका हुन्।



रिट निवेदक र बहसकर्ताहरुको सूची लामो भएकाले सुनुवाई लम्बिन सक्ने सर्वाेच्च स्रोतले जनाएको छ ।


संवैधानिक इजलास प्रधानन्यायाधीश नेतृत्वका उनैले सिफारिश गरेका अन्य चार न्यायाधीशसहितको पूर्ण इजलास हो । उसले गरेको फैसलामा पुनर्विचार हुँदैन ।



×
Berita Terbaru Update