Notification

×

Iklan

Iklan

आज सर्वदलीय बैठक

Monday, December 7, 2020 | December 07, 2020 WIB Last Updated 2021-12-30T03:25:01Z

 बेनी

मङ्सिर २३


प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । 




आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा देशभर बढिरहेको राजावादीहरुको प्रदर्शनबारे पनि चर्चा गरिने बताइएको छ ।


प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । 


यसअघि भारतले नेपाली भूमि मिचेर सडक बनाएका बेला पनि गत वैशाखमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । त्यसयता सर्वदलीय बैठक बस्न लागेको यो दोस्रोपटक हो ।


×
Berita Terbaru Update