Notification

×

Iklan

Iklan

सञ्चारकर्मीको प्रेस पास र अनलाइन नवीकरण अब जिल्लाबाटै

Wednesday, December 9, 2020 | December 09, 2020 WIB Last Updated 2021-12-30T03:24:58Z

 बेनी

मङ्सिर २५


देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो ।





सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पार्वत गुरुङले प्रेस पास लिन काठमाडौँ धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिएको जानकारी दिए । “अब सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ,” मन्त्री गुरुङले भने, “यसले सञ्चारकर्मी मित्रहरुलाई सहज हुने अपेक्षा गरेका छौं ।”


मन्त्री गुरुङले अगाडि भने, “परिचय पत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाडौँ आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचयपत्र नपाउने, पत्रकार महासंघलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रनिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।” 


तत्कालका लागि सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था मिलाइएको र नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था मिलाइने मन्त्रीको भनाइ छ । प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्ने गरेकोमा नयाँ निर्णयले त्यसलाई ह्वात्तै घटाउने छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौं बिताउर्नुे अवस्थाको अन्त्य पनि यो व्यवस्थाले गर्नेछ । 


नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मोफसलको पत्रकारितामा सक्रिय रहेका तर विभिन्न कारणले प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका पत्रकारलाई नयाँ व्यवस्थाले सहयोग पुग्ने विचार व्यक्त गरेका छन् । सूचना विभागमा पुगी कोठाकोठा चहारेर पाइने सुविधा जिल्लाबाट सजिलै पाइने भए पछि कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई राहत पुग्ने शर्माको भनाइ छ ।


×
Berita Terbaru Update