Notification

×

Iklan

Iklan

हप्तामा दुई दिन बिदा दिन सिफारिस

Thursday, December 10, 2020 | December 10, 2020 WIB Last Updated 2021-12-30T03:24:58Z

बेनी

मङ्सिर २६


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको एक समितिले हप्तामा दुई दिन सरकारी बिदा दिन सिफारिस गरेको छ ।



कोरोना महामारीपछि पर्यटन उत्थानको लागि मन्त्रालयले असोज ८ गते गठन गरेको समितिले हप्तामा दुई दिन बिदा उपयुक्त रहेको निष्कर्षसहित प्रारम्भिक प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ ।


समितिमा पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, पर्यटन बोर्डका कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरे तथा अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि रहेका थिए ।


आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्च कटौती, इन्धन बचन, उत्पादकत्व वृद्धिलगायतका विषयको अध्ययनपछि हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने निष्कर्ष निकालिएको समितिले जनाएको छ ।


अध्ययन गरिएका एक सय २७ देशमध्ये एक सय १५ वटा देशमा दुई दिन बिदा दिने चलन रहेको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियामा पनि नेपालबाहेक अरु सबै देशमा हप्तामा दुई दिन बिदा नै रहेको र यसले आन्तरिक पर्यटकको सङ्ख्या बढाएको, कामको प्रभावकारिता धेरै रहेको र विद्युत् तथा इन्धन खपत र अन्य सरकारी खर्चमा पनि कमी आएको प्रतिवेदनमा उल्लेख छ ।


विश्वका कैयौँ देशमा हप्तामा ४० घण्टा मात्रै काम गर्ने चलन रहेको र यसको लागि ६ दिन कार्यालय जानुको साटो पाँच दिन कार्यालय गए पुग्ने चलन रहेकाले नेपालको लागि पनि त्यही उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ।


नेपालमा २०४८ सालमा प्रशासन सुधार आयोगले हप्तामा दुई दिन बिदा दिन सिफारिस गरेअनुसार २०५६ सालमा काठमाडौबाट यो प्रावधान लागू भए पनि देशैभरि पुग्न नपाई असफल भएको थियो । 


×
Berita Terbaru Update