Notification

×

Iklan

Iklan

महासचिव विप्लवद्वारा म्याग्दी जनसरकार प्रमुखको मृत्युबारे छानबिन माग

Wednesday, December 16, 2020 | December 16, 2020 WIB Last Updated 2021-12-30T03:24:53Z

 बेनी

पुस १


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको नियन्त्रणमै रहँदा उपचारको क्रममा निधन भएका विद्रोही ने.क.पा. म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को मृत्युको घटना छानबिन गर्न माग गरेका छन् । मङ्गलबार एक विज्ञप्ति जारी गरी महासचिव विप्लवले राज्यको नियन्त्रणमा रहेको र बिरामी अवस्थामा समेत उपचार नपाई नेता जगतको मृत्यु भएकाले विद्रोही ने.क.पा. र राजबन्दीप्रतिको राज्यको वास्तविक चरित्र र व्यवहार छर्लङ्ग भएको पनि बताएका छन् ।




महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, “म्याग्दीका लोकप्रिय नेता कमरेड जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको वास्तविक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लङ्ग भएको छ । आफू बिरामी भएको जानकारी गराउँदासमेत समयमै उपचारकार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत आपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ ।”


महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, “कमरेड जगेन्द्र पुन ‘जगत’ को मृत्युका बारेमा सत्यतथ्य छानबिन गर्न सम्पूर्ण मानवअधिकारवादी, कानुनविद र सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछौँ । साथै यस घटनाका दोषीप्रति कारबाही गर्न आग्रह गर्दछौँ ।” सरकारले नियन्त्रणमा लिएको समयमा पर्वत कारागारमा पु¥याइएका विद्रोही नेकपा म्याग्दीका जनसरकार प्रमुखसमेत रहेका पुन थुनामै रहेको समयमा कारागारमा विरामी परेका थिए ।



×
Berita Terbaru Update