Notification

×

Iklan

Iklan

फिफा वर्ष खेलाडीकाे उपाधि रोबर्ट लेवान्डोस्कीलाई

Thursday, December 17, 2020 | December 17, 2020 WIB Last Updated 2021-12-30T03:24:52Z

बेनी 

पुस ३


लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेर रोबर्ट लेवान्डोस्कीले वर्षको उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् ।




विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्दै आएको बेस्ट फिफा फुटबल अवार्डमा बार्यन म्युनिखका लेवान्डोस्कीले वर्ष पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।


ज्यूरिचमा भएको समारोहमा पोल्याण्डका स्ट्राइकरले गएको वर्षका विजेता बार्सिलोनाका लियोनल मेस्सी तथा युभेन्टसका रोनाल्डोलाई पछि पारेका हुन् ।


३२ वर्षका लेवान्डोस्कीले गएको सिजन ४७ खेलमा ५५ गोल गरेर जर्मन जाइन्टलाई तीन उपाधि दिलाएका हुन् । उनी बुण्डेस लिगा, लिग कप तथा च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा सर्वाधिक गोलकर्ता पनि बने ।


यस्तै महिला वर्ष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जीले जितेकी छन् ।


राष्ट्रिय टिमका कप्तान, प्रमुख प्रशिक्षक, समर्थकले अनलाइन मार्फत गरेका मत तथा २०० खेल पत्रकारको मतका आधारमा विजेताको घोषणा गरिएको हो ।


लेवान्डोस्कीले पहिलो पटक अवार्ड जितेका हुन् । यसअघिका वर्षहरुमा सामान्यतया मेस्सी र रोनाल्डोले जित्दै आएका थिए ।


यो सिजन पनि लेवान्डोस्कीले राम्रो प्रदर्शन गरिरहेका छन्, उनले बार्यनका लागि १४ खेलमा १६ गोल गरिसकेका छन् ।


लेवान्डोस्कीले अवार्ड जित्नु र त्यो अवार्ड मेस्सी र रोनाल्डो जस्तो खेलाडीसँग जोडिएको हुनु ठूलो गर्वको कुरा रहेको बताएका छन् ।


लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्प उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । यस्तै बार्यनका म्यानुएल नूयर उत्कृष्ट गोलरक्षक भ एभने सन हेङ्ग–मिनले गएको सिजन बर्नलीविरुद्ध गरेको गोलले पुस्कास अवार्ड जित्यो ।


यस्तै बेलायतमा बाल गरिबी अन्त्यका लागि गरेको प्रयासका लागि म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्डलाई फिफा फाउन्डेशन अवार्ड दिइएको छ


×
Berita Terbaru Update