Notification

×

Iklan

Iklan

म्याग्दीमा थप ६ जना सङ्क्रमित

Sunday, December 27, 2020 | December 27, 2020 WIB Last Updated 2021-12-30T03:24:43Z

 बेनी

पुस १२


म्याग्दीमा थप ६ जनामा कोराना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यही पुस ८ गते शङ्कास्पद १२ जना विरामीको नमुना सङ्कलन गरी परीक्षणका लागि पोखरास्थित क्षयरोग उपचार केन्द्रमा पठाइएकोमा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।





म्याग्दी जिल्लाबाहिर स्थायी बसोबास भई हाल बेनीमा बस्दै आएका व्यक्तिहरुमा भाइरसको सङ्क्रमण देखिएको हो । यसरी सङ्क्रमित हुनेमा गोरखा घर भई हाल बेनीबजार बस्ने ५१ वर्षका पुरूष, बाजुरा घर भई हाल बेनीबजार बस्ने ३३ वर्षका पुरूष, डोटी घर भई हाल बेनीबजार बस्ने ३३ वर्षका पुरूष, बागलुङ घर भई हाल बेनीबजार बस्ने ३१ वर्षका पुरूष, मालिका गाउँपालिका वडा नम्बर ६ का ३७ वर्षका पुरूष, मङ्गला गाउँपालिका–१ का ३८ वर्षीय महिला गरी ६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको कार्यालयले जनाएको छ ।


पछिल्लो नतिजासँगै म्याग्दीमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या हालसम्म १८५ जना (महिला ४४ र पुरुष १४१) पुगेको स्वास्थ्य कार्यालयको अभिलेखमा उल्लेख छ ।



×
Berita Terbaru Update