बेनी
पुस १६
विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताएका छन् ।
बिहीबार विभिन्न चार राजनीतिक दलमा आबद्ध महिला सङ्गठन तथा सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
“हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन,” सभामुख सापकोटाले भने, “यसबारे पुस ८ गते जारी भएको वक्तव्यमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छु।”
उनले संविधानको रक्षा एवं देश र जनताको अधिकतम हितमा आफू सधैं समर्पित रहने सापकोटाले प्रतिबद्धता जनाएका छन् ।