Notification

×

Iklan

Iklan

म्यानमारमा सेनाद्वारा सत्ता कब्जा

Sunday, January 31, 2021 | January 31, 2021 WIB Last Updated 2021-12-30T03:24:12Z

बेनी

माघ १९



म्यानमार (पुरानो नाम बर्मा) मा सेनाले सत्ता कब्जा गरेको छ । नेतृ आङ सान सु ची लगायतका उच्च पदस्थ नेतालाई गिरफ्तार गरी सत्ता कब्जा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 





सत्ताकब्जासँगै सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङले आफूलाई कार्यकारी घोषणा गरेका छन् । भने एक वर्षका लागि सेनाले देशमा सङ्कटकालसमेत घोषणा गरेको छ ।



म्यानमारमा झण्डै पाँच दशक शासन गरेको सेना र जननिर्वाचित सरकारबीच गत नोभेम्बरमा भएको चुनावमा अनियमितता भएको भन्दै पछिल्ला केही सातादेखि तनाव जारी थियो । सु की को नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टील सहज जित हात पारेको चुनावी नतिजाप्रति सेना सन्तुष्ट नभएकै कारण सेनाले सत्ताकब्जा गर्ने स्थिति आएको बताइन्छ । 


सोमबार (आज) बिहान झिसमिसेमै सु की र राष्ट्रपनि विन मिन्टलाई गिरफ्तार गरेर हिरासतमा राखिएको एनएलडीका प्रवक्ता म्यो न्योन्टले एएफपीलाई बताएका छन् । चुनावपछि पहिलोपटकका लागि संसद वैठक बस्नुभन्दा केही घन्टा अगाडि सेनाले कु गरेको हो ।



सेनाको कदमसँगै म्यानमारको व्यापारिक केन्द्रका रुपमा रहेको पुरानो राजधानी याङ्गुनमा बाक्लो संख्यामा सैनिक तैनाथी गरिएको, त्यहाँको सिटी हललाई सेनाले नियन्त्रणमा लिइसकेको र म्यानमारमा यतिबेला सञ्चार प्रणाली नियन्त्रित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।



×
Berita Terbaru Update