Notification

×

Iklan

Iklan

नेपालसहित १४ देशलाई खोप उपलब्ध गराउँदै चीन

Tuesday, February 2, 2021 | February 02, 2021 WIB Last Updated 2021-12-30T03:24:11Z

बेनी

माघ २०



चीनले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको ‘सिनोफार्म’ खोप नेपालसहितका १४ देशलाई उपलब्ध गराउने घोषणा गरेको छ । विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता वाङ वेनविनले यस्तो जानकारी गराएका हुन् । वेनविनका अनुसार नेपालले चीनबाट अनुदानमा ३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ।





प्रवक्ताका अनुसार उक्त खोप चाँडै नै सम्बन्धित देशलाई उपलब्ध गराइने छ । उनका अनुसार चीनले नेपालसहित पाकिस्तान, ब्रुनाइ, फिलिपिन्स, म्यानमार, कम्बोडिया, लाओस, श्रीलंका, मंगोलिया, प्यालेस्टाइन, बेलारुस, सियरालियोन, जिम्बाबे र गुएनालाई खोप उपलब्ध गराउने छ ।




चीनले दिएको उक्त खोप नेपालको डेढलाख जनसंख्यालाई लगाउन मिल्नेछ । यो खोपले चीनमा सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको जनाइएको छ ।



चीनले नेपालसहितका देशलाई उपलब्ध गराउने भने पनि ‘सिनोफार्म’ खोपलाई नेपाल सरकारले अनुमति दिइसकेको छैन । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको एस्ट्राजेनेकाको भारतीय खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिए पनि सरकारले अन्य कुनै खोपलाई दिइसकेको छैन ।



×
Berita Terbaru Update