Notification

×

Iklan

Iklan

रक्तदानबाट ३८ पिन्ट रगत सङ्कलन

Friday, January 8, 2021 | January 08, 2021 WIB Last Updated 2021-12-30T03:24:31Z

 बेनी

पुस २४



लायन्स क्लब दोभानको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमबाट बेनीमा ३८ पिन्ट रगत सङ्कलन गरिएको छ । रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र, बेनीको प्राविधिक सहयोगमा बेनी अस्पतालमा शुक्रबार आयोजित कार्यक्रमबाट उक्त परिमाणको रगत सङ्कलन भएको लायन्स क्लब दोभानले जानकारी दिएको छ । रक्तदान गर्ने ३८ जनामध्ये २५ जना महिला रहेको पनि आयोजकले जनाएको छ । 





रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै लायन्स क्लब इन्टरनेशनल ‘डिस्ट्रिक ३२५ बि १’ नेपालका सहायक प्रमुख सल्लाहकार चन्द्रकुमार केसीले रक्तदान नै जीवनदान भएको हुँदा रगत दिनयोग्य जुनसुकै व्यक्तिले मनवीय सहयोगका हिसाबले रक्तदान गर्नसक्ने जानकारी गराएका थिए । रक्तदानमार्फत् एकअर्कालाई जोगाउनु मानवीय काम भएको बताउँदै केसीले यो कार्यलाई समाजमा सकारात्मक सन्देशका रुपमा फैलाउनुपर्ने आवश्यकता औंल्याएका थिए । 


लायन्स क्लबका क्लस्टर संयोजक सुनिता केसीले म्याग्दीमा रगत अभावकै कारण मृत्युवरण गर्न नपर्ने बताउँदै लायन्समार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज लगायत सबैभन्दा धेरै रगतको खपत हुने अस्पतालमा पठाइने बताएकी थिइन् ।


रक्तदान कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष शर्मिला थापा, स्वागत सचिव पवित्रा बोगटी केसी, सञ्चालन कार्यक्रम संयोजक जानकी विश्वकर्माले गरेकी थिइन् । 



×
Berita Terbaru Update