Notification

×

Iklan

Iklan

म्याग्दीमा औषधि सेवन गर्ने कुष्ठरोगी १३ जना

Sunday, January 31, 2021 | January 31, 2021 WIB Last Updated 2021-12-30T03:24:13Z

 बेनी

माघ १८



कुष्ठरोगको पहिचान भएका म्याग्दीका १३ जना व्यक्तिले नियमित औषधि सेवन गरिरहेको पाइएको छ । आइतबार सदरमुकाम बेनीमा आयोजित पत्रकार अन्तक्र्रियामा उक्त जानकारी गराइएको हो । 




स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले गएको असार मसान्तसम्म म्याग्दीमा १० जना कुष्ठरोगी पहिचान भएकोमा पछिल्लो ६ महिनामा थप तीन जना पहिचान भएको जानकारी दिए । “आर्थिक वर्षको आधारमा गन्ने हो भने म्याग्दीमा १० जना कुष्ठरोगी छन्,” अन्तक्र्रियामा बोल्दै कार्यालय प्रमुख लम्सालले भने, “तर, चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्क जोड्दा तीन जना कुष्ठरोगी थपिनु भएको छ ।” प्रमुख लम्सालका अनुसार पहिचान भएका सबैले नियमितरुपमा निशूल्करुपमा औषधि सेवन गर्दै आएका छन् ।





६८औं कुष्ठरोग दिवस तथा अपाङ्गता दिवसको अवसरमा आइतबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरको पत्रकार अन्तर्क्रिया कार्यक्रममा समयमै पहिचान भई नियमित औषधिसेवन गरे कुष्ठरोग पूर्णरुपमा निको पार्न सकिने जानकारी गराइएको थियो । “ढिलो भए समस्या बल्झिन सक्छ,” स्वास्थ्य प्रमुख लम्सालले भने, “त्यसैले कुष्ठरोगका लक्षण देखिए पछि तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरी उपचार शुरु गर्न आवश्यक छ ।


प्रति दश हजारमा १ जना भन्दा कम रोगी भएका कारण अन्तराष्ट्रिय मान्यता अनुसार नेपाललाई २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण भएको देश घोषणा गरिए पनि पूर्णरुपमा निवारण नभएको तथ्याङ्कले बताएको छ । 



कुष्ठरोग लागेर उपचार नगरेका मानिससँग लामो समय सम्पर्कमा रहेमा यो रोग अर्काे मान्छेमा सर्न सक्ने तर उपचार पाएका र उपचारका क्रममा रहेका विरामीहरुसँग सँगै खाँदा, बस्दा भने यो रोग नसर्ने अन्तरक्रियामा जानकारी गराइएको थियो ।


अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष तारानाथ शर्माले नेपालमा विदेशी सहायता एजेन्सीहरुका कारण स्वास्थ्य क्षेत्रको सुधार भएको चर्चा गरे । सरकारले दातृ निकायका कार्यक्रमको स्वामित्वमात्रै लिने भन्दा पनि जनस्वास्थ्यको सुरक्षाका लागि योजनाबद्धरुपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।



×
Berita Terbaru Update