Notification

×

Iklan

Iklan

काेराेनाकाे नयाँ प्रजाति नेपाल भित्रियाे

Monday, January 18, 2021 | January 18, 2021 WIB Last Updated 2021-12-30T03:24:23Z

बेनी 

माघ ५



पुरानोभन्दा ७० प्रतिशत बढी खतरनाक मानिएको काेराेना भाइरस(काेभिड-१९) काे नयाँ प्रजाति नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। 




स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन्। बेलायतबाट फर्किएका मध्ये तीनजनामा कोभिड-१९ को नयाँ प्रकार  देखिएको हो। 



मन्त्रालयका अनुसार बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो।




२८ वर्षीया महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस काे संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।


उक्त भाइरस बेलायतमा देखिएको नयाँ भाइरस भएको पुष्टि भएको हो। तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल आरटी पीसीआर नेगेटिभ भइसकेको र ६७  वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण भने देखिएको छैन।


नेपालमा कोरोना भाइस संक्रमणबाट हालसम्म १९  सय ५९ जनाको मृत्यु भइसकेको  छ भने २ लाख ६७ हजार ३२२ जनामा संक्रमण भएको छ। संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ जनाले स्वास्थ्य लाभ गरेका छन्।


×
Berita Terbaru Update