Notification

×

Iklan

Iklan

बाइडेनको शपथग्रहणमा सुरक्षा व्यवस्था कडा

Tuesday, January 19, 2021 | January 19, 2021 WIB Last Updated 2021-12-30T03:24:22Z

 

माघ ६


तस्बिरः एफपी


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 


उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका बेला सशस्त्र आक्रमणको आशङ्का गर्दै वासिङ्टनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो ।


विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण समारोह अगाडि हिंसा हुन सक्ने आशङ्का गरेको छ । सुरक्षा तैनातीअन्तर्गत हजारौं प्रहरी र सुरक्षाकर्मीका साथै नेशनल गार्डका २५ हजारभन्दा बढी जवान तैनाथ गरिएको छ  । 


अमेरिकी संसद् भवन क्यापिटल हिल वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउसका छेउछाउका अधिकांश भागमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । ती स्थानमा ८ फिट अग्ला बार लगाइएको छ । पूरै शहरमा सुरक्षा सतर्कता बनाइएको छ । 


राज्यका संसद् भवनमा सुरक्षा सतर्कता राखिएको छ । जनवरी ६ मा अमेरिकी संसद् भवनमा भीडले गरे जस्तो हिंसक आक्रामक घटना हुने आशंकामा सुरक्षा अधिकारीलाई सजग बनाइएको छ ।


वासिङटन डिसीका मेयर मुरियल बाउजरले भनेका छन्, “प्रहरी विभागले संघीय संस्था र अमेरिकी सेनासँग मिलेर काम गरिरहेको छ । कुनै पनि खालको आक्रमणसँग जुध्न तयार छौँ ।”


एफबीआईले आफ्नो आन्तरिक बुलेटिनमा वासिङटन र ५० वटै राज्यका संसद् भवनमा हिंसा हुनसक्ने आशङ्का व्यक्त गरेको छ ।


यसैबीच एफबीआईले अमेरिकी संसद् भवन क्यापिटलमा भएको आक्रमणमा टेक्ससका दुईजनालाई गिरफ्तार गरेको छ । एफबीआईका एक प्रवक्ताले ४८ वर्षीय गाय रेफिट र ३७ वर्षीय म्याथ्यू कार्ल मजोक्कोलाई पक्राउ गरेको जानकारी दिएका छन् । 


एजेन्सी


×
Berita Terbaru Update