Notification

×

Iklan

Iklan

खाने तेलको मूल्य बढाउनेलाई ३ लाख जरिबाना

Wednesday, January 20, 2021 | January 20, 2021 WIB Last Updated 2021-12-30T03:24:22Z

 बेनी

माघ ७



खाने तेलको मूल्य बढाउने व्यापारीलाई कारवाही भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमनका क्रममा आफुखुशी मूल्य बढाएको पाइएपछि दुई उद्योगलाई कारबाही गरिएको हो ।





बजारमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो आएपछि विभागले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बारामा रहेका दुई उद्योगले मूल्य बढाएको भेटिएपछि कारबाही गरेको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिएका छन् ।


विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार तीन–तीन लाख रुपैयाँ जरिबाना गरेको सेढाईंले बताए ।


तीन महिनाअघिको तुलनामा अहिले तोरीको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर ४० रुपैयाँ र भटमासको तेल लिटरमा २० रुपैयाँभन्दा बढीले मूल्य बढेको छ ।


स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा खाने तेलको मूल्य बढेको व्यवसायीहरू बताउँछन् ।


तर, जानकारहरु भने प्रतिनिधि सभा विघटनसँगै सरकारले चुनाव घोषणा गरेको मौका छोपेर व्यापारीहरुले आफुखुशी मूल्य बढाएको बताउँछन् ।



×
Berita Terbaru Update