Notification

×

Iklan

Iklan

नेपालमै रासायनिक मल कारखाना खोल्न काम शुरु

Wednesday, January 20, 2021 | January 20, 2021 WIB Last Updated 2021-12-30T03:24:22Z

 बेनी

माघ ७



सरकारी ताकेताका बाबजूद ठेकेदारहरुले समयमै मल नल्याएपछि सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापनाको गृहकार्य शुरु गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको हो ।





बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागत र विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएको बताइएको छ ।


नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने अर्थमन्त्री पौडेलले बताए ।


गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । यसअघि कृषकलाई आवश्यक पर्ने रासायनिक मल भारत चीनलगायतका देशबाट आयात हुने गरेको थियो ।


तर कोरोना भाइरसको कारण देखाउँदै व्यापारीहरुले थपिएको समयमा समेत मल ल्याउन सकेका थिएनन् । मल ल्याउन भन्दै सरकारले दुईवटा कम्पनीलाई ठेक्का दिएकोमा काम नभएपछि नेपालमै कारखाना खोल्ने प्रस्ताव अघि बढाइएको हो ।



×
Berita Terbaru Update