Notification

×

Iklan

Iklan

कोरोनाविरुद्धको भ्याक्सिन भोलि नेपाल ल्याइँदै

Wednesday, January 20, 2021 | January 20, 2021 WIB Last Updated 2021-12-30T03:24:22Z

 बेनी

माघ ७



भारतले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई उपलब्ध गराउन लागेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ बिहीबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालय र भारतीय दूतावासको संयुक्त पत्रकार सम्मेलनका क्रममा बोल्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतले अनुदानबापत उपलब्ध गराउने १० लाख भ्याक्सिन बिहीबारै नेपाल आइपुग्ने जानकारी दिएका हुन् । 




यसअघि एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले नेपाल, भुटान, माल्दिभ्स, बङ्गलादेश, म्यान्मारलाई भ्याक्सिन उपलब्ध गराउने जानकारी दिएको थियो ।



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै बुधवारबाट भ्याक्सिन उपलब्ध गराउने बारेमा जानकारी दिएका छन् । 



केही दिन अघिदेखि मात्रै भारतमा त्यहीँ निर्माण भएको कोभ्याक्सिन र कोभिसिल्ड भ्याक्सिन लगाउने कार्य शुरु भएको थियो । त्यसैले भारतलाई आवश्यक भ्याक्सिनलाई मध्यनजर गर्दै अन्य राष्ट्रहरुलाई पनि बिस्तारै भ्याक्सिन उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । 


माघ २ गते औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदा भारतले भ्याक्सिनका लागि नेपाललाई प्राथमिकतामा राखेको बताएको थियो । 



×
Berita Terbaru Update