Notification

×

Iklan

Iklan

राष्ट्रपतिकाे शपथसँगै बाइडेनद्वारा कार्यकारी आदेश जारी

Wednesday, January 20, 2021 | January 20, 2021 WIB Last Updated 2021-12-30T03:24:21Z

बेनी 

माघ ८




राष्ट्रपतिको चुनाव जितेका जाे बाइडेनले अमेरिकाकाे ४६ औं राष्ट्रपतिका रूपमा पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । धार्मिक ग्रन्थ बाइबलमाथि हात राखेर शपथग्रहण गरेका बाइडेनले चुनावका क्रममा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न थालेका छन् । ह्वाइट हाउसको ओभल कार्यालयबाटै  बाइड्नले बुधबार नै १५ वटा कार्यकारी आदेश जारी गरेका हुन् ।

अादेशबाट उनले अघिल्ला राष्ट्रपति डाेनाल्ड ट्रम्पले जारी गरेका र प्रतिबन्ध लगाएका कार्यकारी आदेशलाई उल्ट्याइ दिएका छन् । उनका कार्यकारी आदेशहरु कोभिड-१९ ,युएस मेक्सिको पर्खाल, बिश्व स्वास्थ्य संगठन प्रवेश, संघीय कार्यालयमा मुखावरण लगाउने, अमेरिकनहरुलाई राहत सहयोग, वातावरण संरक्षण, मानव अधिकार, जनगणना ,आप्रवासन, मुस्लिममाथिकाे प्रतिबन्ध लगायतका १५ वटा रहेका छन् ।



उनले ओभल कार्यालयमा आफ्नो पहिलो उपस्थितिको समयमा “साहसिक ” कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेको पत्रकारहरुलाई बताए ।

“आज सुरु गर्न जस्तो समय छैन,” बाइडेनले पत्रकारलाई भने। उनले यी कार्यहरू अमेरिकी जनताप्रति गरेका आफ्ना प्रतिज्ञाहरू पालन गर्नका लागि गरेको बताए ।

बाइडेनले अगाडी भने, “हामीलाई धेरै चीजहरूको लागि कानून चाहिन्छ। बाईडेनको प्रस्तावमा १ करोड १० लाख असुचिकृत आप्रवासीलाई नागरिकताको अवसरसम्म दिने प्रस्ताव रहेको थियो । असुचिकृत आप्रवासीले ५ वर्षमा स्थायी आवासीय पत्र (ग्रिन कार्ड) र त्यसको ३ वर्षमा अमेरिकी नागरिकता दिईने कुरा समेटिएको छ ।

१ करोड १० लाख आप्रवासीलाई नागरिकतासम्मको सुविधा दिने बाईडेनको प्रस्ताव पारित भएका अमेरिकी ईतिहासमा यो ठूलो काम हुने र “यो सन् १९८६ मा राष्ट्रपति रेगनको आप्रवासन सुधारपछिको जस्तो ठूलो काम हुनेछ ।" उक्त समयमा ३० लाख असुचिकृत आप्रवासीलाई सुचिकृत गर्दै नागरिकताको सुविधा दिईएको थियो ।

आप्रवासन सुधारको बृहत र्कायक्रम कांग्रेसबाट पारित हुन त्यत्ति सजिलो भने छैन । केही काँग्रेस सदस्यहरुले बाईडेनलाई सावधानीपूर्ण कदम चाल्न सुझाव दिएका छन।

ओबामा शासनकालमा सुरु भएको बाल्यकालमा अमेरिका आएका आप्रवासी लक्षित डाका कार्यक्रम पुर्नस्थापित गर्न चाहन्छन । ट्रम्प सरकारले उक्त सुविधा अन्त्य गर्न चाहेको थियो तर सर्वोच्च अदालतले २०२० को जुनमा सरकारको कदममा अवरोध गरेको थियो । डाका अन्तर्गत ७ लाख आप्रवासी अमेरिकामा रहेको विश्वास गरिन्छ ।

(एजेन्सीहरूकाे सहयोगमा )

×
Berita Terbaru Update