Notification

×

Iklan

Iklan

जनगणना गर्ने कर्मचारीका लागि दरखास्त आह्वान

Sunday, January 24, 2021 | January 24, 2021 WIB Last Updated 2021-12-30T03:24:18Z

बेनी 

माघ ११




राष्ट्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि आवश्यक विभिन्न पदमा दरखास्त मागेको छ । करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरीवेक्षक पदमा आवेदन आह्वान गरिएको बताएको हो।


विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन लागेको जानकारी समेत गराएको छ। करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई छ।


२०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेका लागि चैत ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।


जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनको भनाई छ। मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए।


अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अन्तर्गतको सवडोमेन जनगणना जनशक्ति व्यवस्थापन प्रणाली (cbs.gov.np)  तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइट जनगणना जनशक्ति व्यवस्थापन प्रणाली (cbs.gov.np) मा गएर भर्न सकिनेछ। राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए। अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाई छ।


राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो। नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो। बाह्रौ जनगणना २०७८ जेठ देखि असार सम्म सञ्चालन हुने पनि विभागले बताएको छ । 



×
Berita Terbaru Update