Notification

×

Iklan

Iklan

म्याग्दीमा पनि कोरोनाविरुद्ध खोप लगाउन शुरु

Wednesday, January 27, 2021 | January 27, 2021 WIB Last Updated 2021-12-30T03:24:16Z

बेनी

माघ १४



कोरोना भाइरस (कोभिड–१९) विरुद्ध म्याग्दी जिल्लामा पनि खोप लगाउन शुरु गरिएको छ । सरकारले देशव्यापी अभियानका रुपमा अघि सारेको यो कार्यक्रम म्याग्दीमा पनि बुधबारदेखि शुरु भएको हो ।




बेनी अस्पताल, बेनीका डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएँसँगै म्याग्दीमा कोरोनाविरुद्धको खोप अभियानको थालनी गरिएको छ । 


त्यसैगरी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटी, रेडक्रसकर्मी सुरज केसीलगायत कोभिडविरुद्धको अघिल्लो पंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, सरसफाईकर्मीले पनि पहिलो चरणको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।


खोप अभियानको औपचारिक शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले कोभिड–१९ विरुद्ध विकास गरिएको खोप लगाउँदा प्रभावकारी र सुरक्षित हुने विश्वास व्यक्त गरे ।  


सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका प्रमुख शम्भु ज्ञवालीले कोरोना विरुद्धको खोप अभियान सफलताको कामना व्यक्त गरेका थिए ।


गण्डकी प्रदेश सरकारले म्याग्दीका लागि उपलब्ध गराएको ९४ भायल भ्याक्सिनबाट ९ सय ४० जनालाई दुई चरणको खोप दिन सकिने जिल्ला स्वास्थ्य प्रमुख लम्सालले जानकारी दिए । 



×
Berita Terbaru Update