बेनी
माघ १५
सनातन धर्मावलम्बी महिलाहरुको मुख्य व्रत पर्वको रुपमा मनाइने श्री स्वस्थानी व्रत कथा तथा भगवान् शिवको पूजा आराधना आजदेखि शुरु भएको छ । हरेक वर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना घरघरमा श्री स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।
स्कन्द पुराणको केदारखण्डमा अगस्त्य ऋषि र महादेवपुत्र कुमारबीचको संवादमा आधारित स्वस्थानी व्रतकथा भन्ने र सुन्ने गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।
१ महिनासम्म विधि पूरा गरी व्रत गर्नुपर्ने भएकाले यसलाई कठिन व्रत मानिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्रीमहादेवलाई स्वामी पाउन भगवान विष्णुको सल्लाहअनुसार १ महिनासम्म स्वस्थानी व्रत बसेको र मनोकामना पूरा भएको विश्वासमा स्वस्थानी व्रत र माघ स्थानको प्रचलन शुरु भएको मानिन्छ ।
मकर सङ्क्रान्तिपछि सूर्य उत्तरायणमा प्रवेश गर्छन् । उत्तरायणपछिको समय योग, ध्यान, व्रतका लागि उपयुक्त भएकाले आध्यात्मिक रुपमा स्वस्थानी व्रतलाई पवित्र मानिन्छ ।
यो अवधिमा काठमाडौंको साँखुस्थित शालीनदीमा १ महिना लामो मेला लाग्ने गर्दछ।