बेनी
माघ १६
नेपाली प्रख्यात साहित्यकार र संस्कृतिवद्का नाउँमा हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाउँमा हुलाक टिकट छापिएको हो ।
१० रुपैयाँ दरका टिकटको प्रकाशन स्वीकृतिका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल र ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पहलकदमी लिएको बताइएको छ । उक्त टिकट प्रकाशनमा नइ प्रकाशनको समेत सहयोग रहेको थियो ।
नेपालमा कुनै पनि स्रष्टा ज्युँदो अवस्थामै रहँदा छापिएको यो नै पहिलो टिकट भएको नइ प्रकाशनको दाबी छ ।
घिमिरे र जोशीको तस्वीर अङ्कित टिकट बीस लाखप्रति छापिएको हो ।
स्थापित साहित्यकार र संस्कृतिविद्को नामका अगाडि अनावश्यक रुपमा डाक्टर (डा.) उपाधि समेटिएको भन्दै यसको आलोचना पनि भएको छ ।