Notification

×

Iklan

Iklan

नेपालको ‘अर्थतन्त्र विस्तार’ खुम्चिने विश्व बैंकको प्रक्षेपण

Wednesday, January 6, 2021 | January 06, 2021 WIB Last Updated 2021-12-30T03:24:33Z

 बेनी

पुस २२



कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र सुस्त गतिमा विस्तार हुने विश्व बैंकले बताएको छ । सरकारले चालु आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिको अपेक्षा गरे पनि विश्व बैंकको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो ।





बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार ठप्पप्रायः रहेको थियो । कोरोना भाइरसका कारण आर्थिक क्रियाकलाप सुस्त भएपछि आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित रहेको बैंकको अनुमान छ । यसबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक भैसकेको छैन।



त्यस्तै आगामी आर्थिक वर्ष २०७८/७९ मा पनि नेपालको अर्थतन्त्रको वृद्धिदर २.५ प्रतिशत मात्रै हुने बैंकको प्रक्षेपण छ । विश्व बैंकको प्रक्षेपण सही ठहरिएमा दशकौंपछि नेपालमा लगातार तीन आर्थिक वर्षमा आर्थिक वृद्धिदर न्यून हुनेछ । यसले अर्थतन्त्रको उत्पादक क्षमतामा विस्तार नहुने, नयाँ र थप रोजगारी सिर्जना नहुने वा मानिसको आयआर्जन शिथिल रहने सङ्केत गर्ने अर्थशास्त्रीहरु बताउँछन् ।


आर्थिक वर्ष २०७३/७४ पछिका तीन आर्थिक वर्षमा नेपालले लगातार औसतमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । 



×
Berita Terbaru Update