Notification

×

Iklan

Iklan

अमेरिकी संसदमा ‘अभूतपूर्व हमला’

Wednesday, January 6, 2021 | January 06, 2021 WIB Last Updated 2021-12-30T03:24:33Z

 बेनी 

पुस २३





जो बाइडेनलाई राष्ट्रपति घोषणा गर्नेगरी इलेक्टोरल कलेज मत गणनाका लागि शुरु भएको संसदको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्पका समर्थकले  वितण्डा मच्चाएका छन् । उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा भैरहेको मतगणनालाई प्रभावित गर्ने गरी ट्रम्पका समर्थकहरु हतियारसहित संसद भवन छिर्ने प्रयास गरेको बताइएको छ ।




ट्रम्पको नेतृत्वमा भइरहेको चुनाव परिणामबिरुद्धको चुनौतीको रिपब्लिकन सिनेटर मिच म्याक्कोनेलले निन्दा गरेका छन् । सानातिना आरोपका आधारमा चुनावी परिणाम नै उल्टाएमा अमेरिकी लोकतन्त्र नै मृत्युको चक्रमा फस्ने उनले चेतावनी दिएका छन् ।


कसैले पनि आफैलाई राष्ट्रिय निर्वाचन आयोग घोषणा गर्न नसक्ने र मतदाता, राज्यहरु तथा अदालतहरु चुनावी परिणामबारे बोलिसकेको उनले बताए । यदि त्यसलाई हटाइएमा वा उल्टाइएमा अमेरिकाको गणतन्त्रलाई सधैका लागि हानी पुग्ने उनले बताए । सिनेटरहरुले बोल्ने क्रम जारी छ ।


प्रदर्शनका कारण उत्पन्न तनावका कारण अमेरिकी संसद भवन क्षेत्र लकडाउन गरिएको छ । भवनबाहिर उपस्थितभएका प्रदर्शनकारीहरु र सुरक्षाकर्मीहरु झडपका घटनाहरु भइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानमा प्रदर्शनकारीहरु वासिङटन डिसीमा भेला भएका हुन् । क्यापिटल हिलबाट कसैलाई पनि बाहिर निस्कन दिइएको छैन भने भित्र पस्न पनि दिइएको छैन ।


संसदभवनबाहिरको हिंसात्मक प्रदर्शनका कारण अचानक सिनेटको बैठक अवरुद्ध भएको छ । सिनेटर जेम्स ल्यांक्फोर्डले बोल्दाबोल्दै माथिल्लो च्याम्बरबाट कोही चिच्याएपछि सिनेटको बैठक अवरुद्ध भएको छ । त्यसपछि सांसदहरुबीच भागदौड भएको थियो ।


त्यस्तै हाउसको बैठक पनि अबरुद्ध भएको छ । संसद भवनको घेरा प्रदर्शनकारीले तोडेपछि हाउसको बैठक समेत अवरुद्ध भएको जनाइएको छ । भवनभित्र जोखिम भएपछि नजिकको अफिसमा बस्न र शान्त रहन भनिएको छ ।




संसदभवन क्षेत्रको स्थीति तनावग्रस्त बनेपछि संसदभवनको क्षेत्रको सुरक्षामा खटिएको प्रहरीले थप सुरक्षाबल मागेको छ । प्रहरीले संघीय सुरक्षाबलको समेत माग गरेको जनाइएको छ । संसदभवनबाहिर कैयन शंकास्पद पोकाहरु भेटिएका छन् । डिसीको महानगरीय प्रहरी विभागले ससद प्रहरीको सहायताका लागि थप श्रोतहरु पठाएको जनाइएको छ ।


 

वासिङटन डिसीका मेयरले बेलुका ६ बजेदेखि लागु हुनेगरी कफ्र्यूआदेश घोषणा गरेका छन् । कर्फयु आदेश बिहिबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको हो । ट्रम्पले उक्साएका प्रदर्शनकारीहरु संसद भवनमा छिरेपछि संसद बैठक अबरुद्ध भएको छ ।


हाउसको च्याम्बरका अधिकारीहरुले सांसदहरुलाई कुर्सी मुनी लुक्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका थिए । यसैबीच रिपब्लिकन सांसद आदम किन्जिन्जरले कुको प्रयास भएको भन्दै ट्वीट गरेका छन् 


ट्रम्प समर्थक प्रदर्शनकारीहरुले संसद भवनको सुरक्षा घेरा तोडेपछि संसदको फ्लोर खाली गराइएको छ । उपराष्ट्रपति माइक पेन्सलाई पनि संसद भवनबाट बाहिर लगिएको छ । पेन्स संसदको संयुक्त सेसनका लागि संसद भवन गएका थिए ।


सिनेट र हाउसका सांसदहरुलाई भने सुरक्षित तरिकाले राखिएको जनाइएको छ । उनीहरुलाई राखिएको स्थलबारे सार्वजनिक गरिएको छैन । संसद भवनभित्र छिरेका प्रदर्शनकारीहरु सिनेटको मुख्य कुर्सीमा गएर बसेको तस्वीर सार्वजनिक भएको छ ।


संसद भवनमा सिनेटतिरको स्थिति नियन्त्रणमा लिइएको छ । भित्र छिरेका सबै प्रदर्शनकारीहरुलाई बाहिर निकालिएको छ । केही प्रदर्शनकारीहरु सिनेटको फ्लोरमा छिरेर मुख्य कुर्सीमा गएर समेत बसेका थिए । उनीहरु सबैलाई पश्चिम र पूर्वतिरको ढोकाबाट निकालिएको छ । सिनेटतिरको अवस्था शान्तिपूर्ण रहेको जनाइएको छ । प्रदर्शनकारीहरु हाउस स्पीकरको कुर्सीमा बसेका तस्वीर आएका छन् । हाउसतिरको अवस्था अझै स्पष्ट छैन 



अमेरिकी संसद भवन क्षेत्रमा स्थीति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले नेशनल गार्ड लगायत अन्य सुरक्षा निकायहरुलाई निर्देशन दिएको ह्वाइट हाउस प्रेस सेक्रेटरीले जनाएकी छिन् । भर्जिनियाले स्थिति नियन्त्रणमा लिनका सघाउन राज्यका २ सय सुरक्षाकर्मीहरु पठाइरहेको जनाइएको छ । यसैबीच उपराष्ट्रपति माइक पेन्सले प्रदर्शनकारीहरुले संसदभवन क्षेत्र छाड्न आह्वान गरेका छन् ।


यसैबीच पेन्टागनका मुख्य प्रवक्ताले वासिङटन डिसीमा रहेको सबै नेशनल गार्ड परिचालन गरिएको बताएका छन्।


नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विशेष सम्बोधन गरेका छन् । बाइडेनले भनेका छन् – ‘हाम्रो प्रजातन्त्रमाथि अभूतपूर्व हमला भएको छ ।’


×
Berita Terbaru Update