Notification

×

Iklan

Iklan

विघटन सदर गर्ने अदालती फैसला मान्य हुँदैन: कांग्रेस नेता खाँड

Saturday, January 30, 2021 | January 30, 2021 WIB Last Updated 2021-12-30T03:24:14Z

बेनी 

माघ १७




नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपाली जनताको रगतपसिनाबाट प्राप्त संविधान विपरीत हुने गरि अदालतको फैसला अाए त्याे आफुहरुलाईअमान्य हुने बताएका छन् । शनिबार म्याग्दीको बेनपा-३ भकिम्लीमा आयाेजित तरूण दल म्याग्दीको वडा भेलालाई  सम्बाेधन गर्ने क्रममा नेता खाँडले यस्तो चेतावनी दिएका हुन् ।


विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँडले जनमतकाे अपमान हुने गरी भएको संसद विघटनकाे पक्षमा  अदालतकाे फैसला आए जनता सडकमा आउने जिकिर गरेका थिए ।



हरेक नेपालीको अन्तिम आस्थाको धरोहर अदालत भएकाले यसपटकको फैसलाले जनताको विश्वास जित्ने वा गुम्ने अवस्था आउने बताउँदै नेता खाँडले संविधानकाे मकसद ख्याल गरी फैसला सुनाउन सर्वोच्च अदालतलाई अनुरोध गरेका थिए ।


भेलालाई संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्कीलगायतका नेताले सम्बाेधन गरेका थिए ।


नेपाली काँग्रेस निकट युवा संगठन तरूण दलकाे वडास्तरीय भेलालाई सम्बाेधन गर्न नेता  खाँडलाई हेलिकप्टर चार्टर गरि म्याग्दी उतारिएको हाे ।



×
Berita Terbaru Update