Notification

×

Iklan

Iklan

म्याग्दी जेसीजको नयाँ टिमद्वारा पदभार ग्रहण

Sunday, January 31, 2021 | January 31, 2021 WIB Last Updated 2021-12-30T03:24:14Z

बेनी

माघ १८



सन् २०२१ का लागि निर्वाचित म्याग्दी जेसीजको नयाँ टिमले पदभार ग्रहण गरेको छ । शनिबार बेनीमा आयोजित एक समारोहबीच २१ औं अधिवेशनबाट निर्वाचित अध्यक्षसहितको टोलीले पदभार ग्रहण गरेको हो ।




विरेन्द्र श्रेष्ठको अध्यक्षतामा निर्वाचित नयाँ समितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, उपाध्यक्षहरुमा नरेश श्रेष्ठ, डेकमाया केसी, कृष्ण विश्वकर्मा र श्यामसुन्दर कँडेल, महासचिवमा दिनेशकुमार विश्वकर्मा, कोषाध्यक्षमा कुमार बानियाँ, शाखा सम्पादकमा हरि भण्डारी, सहकोषाध्यषमा सुनिता श्रेष्ठ र सहसचिवमा दिनेश बानियाँ रहेका छन् भने कानुनी सल्लाहकारमा खम थापा मगर रहेका छन् ।




गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यमा जेसीजका नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गरिएको हो । कार्यक्रममा शाखाका सन् २०२० का अध्यक्ष सुजन बरुवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई जेसीजको मालासहित अध्यक्षको पद हस्तान्तरण गरेका थिए ।





पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री पुनले युवाहरुको नेतृत्व र क्षमता विकासको क्षेत्रमा जेसीजले ठुलो योगदान गरेको बताएकी थिइन् । 


×
Berita Terbaru Update