Notification

×

Iklan

Iklan

म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी इकाईमा थापा

Tuesday, January 26, 2021 | January 26, 2021 WIB Last Updated 2021-12-30T03:24:17Z

बेनी

माघ १३


नवनिर्वाचित अध्यक्ष थापा


म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी गाउँपालिका इकाई समिति अध्यक्षमा तेजेन्द्र थापा छनोट भएका छन् । सोमबार ताकममा सोमबार सम्पन्न इकाईको दोस्रो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। 


इकाईको उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल, कोषाध्यक्षमा सरस्वती पौडेल र सहसचिवमा ओमकार पौडेल चयन भएका छन् । इकाईको सदस्यहरुमा होमबहादुर थापा, बुद्धिबहादुर थापा, आनन्द जैसी, फुलबहादुर विक, तेजबहादुर खत्री, लालबहादुर मगर, भक्तबहादुर पुन र वासुदेव आचार्य रहेका छन् ।




अधिवेशनको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले पहिरोपीडित व्यवसायीलाई राहतस्वरुप एक लाख रुपैयाँ र इकाईलाई पन्ध्र हजार रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । 


इकाईका अध्यक्ष किरन थापाको अध्यक्षता, तेजेन्द्र थापाको सञ्चालन र होमबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष लिलाराम गौतमलगायतले बोलेका थिए ।


 

×
Berita Terbaru Update