Notification

×

Iklan

Iklan

प्रधानमन्त्रीद्वारा केटु हिमालको आरोहीहरूलाई सम्मान

Tuesday, January 26, 2021 | January 26, 2021 WIB Last Updated 2021-12-30T03:24:17Z

 बेनी

माघ १३





पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’को कीर्तिमानी सफल आरोहीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले आरोहीहरूलाई दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गरेका हुन् ।


कार्यक्रममा प्रधानमन्त्री ओलीले हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्वसामु नेपालको चिनारी र  पहिचानलाई थप उँचो बनाउने काम प्रशंसनीय भएको विचार व्यक्त गरेका थिए । 




हिमाल आरोहण जो सुकैले गर्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले सफल हिमाल आरोहीहरुका लागि विशेष मानपदवी र विभूषणको व्यवस्था गरिने जानकारी गराएका थिए ।


संसारकै दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोली स्वदेश फर्किँदा सोमबार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित आरोहीहरुको स्वागत गरेका हुन् ।


दश सदस्यीय नेपाली पर्वतारोहण दलले गत शनिबार हिउँदे याममा २८,२५१ फिट अग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो । 


टोलीको नेतृत्व गरेका निर्मल पुर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको विचार व्यक्त गरे ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका पुर्जाले यसअघि संसारभरका अग्ला हिमाल आरोहण गरेको विश्व रेकर्ड कायम गरिसकेका छन् । 



×
Berita Terbaru Update