बेनी
माघ ४
नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ, म्याग्दीको अध्यक्षमा अमर बानियाँ निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न संस्थाको १९औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
अधिवेशनले संस्थाको केन्द्रीय प्रतिनिधिमा लिलाराम गौतमलाई छनोट गरेको छ । त्यसैगरी म्याग्दी शाखाको वरिष्ठ उपाध्यक्षमा लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की, कोषाध्यक्षमा भुपेन बानियाँ छनोट भएका छन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधि एवम् कार्यसमिति सदस्य भरतप्रसाद उपाध्याय, सदस्य सन्तोष ढुङ्गाना, रेनु मल्ल, कोषानन्द आचार्य, कृष्ण मल्ल, प्रेम नेपाली, कुलबहादुर बोहोरा, विश्व विक्रम मल्ल, दुर्गालाल कँडेल, कमल पौडेल, अनुष शाही, रामप्रसाद श्रेष्ठ, सुरेश ढुङ्गाना र विरेन्द्र ढुङ्गाना चयन भएका छन् ।
राधिका सापकोटाको अध्यक्षामा गठन भएको महिला उद्यम विकास समितिको वरिष्ठ उपाध्यक्षमा रेणु मल्ल, उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा मेनुका पुन, कोषाध्यक्षमा सुभा सेन, केन्द्रीय प्रतिनिधि तथा सदस्य सृजना श्रेष्ठ, सदस्य सृजना भट्टचन, गंगाकुमारी खत्री अनुषा गौचन सुगम श्रेष्ठ, मनकुमारी नेपाली, सञ्जु राजभण्डारी, गङ्गा थापा कार्की रहेको निवर्तमान अध्यक्ष गौतमले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख देवेन्द्रबहादुर कटुवालले उद्घाटन गरेको अधिवेशनमा महासंघका गण्डकी प्रदेश प्रमुख हरिहर थापा, उपाध्यक्ष कृष्ण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविर श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्यसंघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल, मालिका गाउँपालिका इकाई प्रमुख मोतिलाल गौतमलगायतले मन्तव्य राखेका थिए ।