Notification

×

Iklan

Iklan

म्याग्दी जेसीजको अध्यक्षमा वीरेन्द्र श्रेष्ठ छनोट

Monday, January 11, 2021 | January 11, 2021 WIB Last Updated 2021-12-30T03:24:29Z

बेनी

पुस २७



‘यूवाहरुको व्यक्तित्व र नेतृत्व’ विकासको लक्ष्य लिएको म्याग्दी जेसीजको नयाँ अध्यक्षमा वीरेन्द्र श्रेष्ठ छनोट भएका छन् । सोमबार बिहान जेसीज सचिवालयमा सम्पन्न २१औं अधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरुपमा अध्यक्ष चुनिएका हुन्।





अधिवेशनबाट कानुनी सल्लाहकारमा खम थापा, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारिणी उपाध्यक्षमा विस्मा श्रेष्ठ, सुमन बानियाँ, महासचिवमा दिनेशकुमार विश्वकर्मा, कोषाध्यक्षमा कुमार बानियाँ, शाखा सम्पादकमा हरि भण्डारी, उपाध्यक्षमा नरेश श्रेष्ठ, डेकमायाँ केसी, सहकोषाध्यक्ष सुनिता श्रेष्ठ र अध्यक्ष सल्लाहकारमा शैलेश श्रेष्ठ छनोट भएको महासचिव दिनेशकुमार बानियाँले जानकारी दिएका छन् ।


सर्वसम्मतरुपमा छानिएका पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनय श्रेष्ठ, निवर्तमान अध्यक्ष सुजन बरुवाललगायतले बधाई दिएका छन् ।


यसैबीच प्रतिबद्धता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष वीरेन्द्र श्रेष्ठले जिल्लाको खेलकूद क्षेत्रमा यूवाको आकर्षण बढाउने योजनासहितका कार्यक्रम ल्याउने जानकारी दिए ।


शनिबार शुरु भएको २१औं अधिवेशन आन्तरिक विवादका कारण दुई दिन धकेलिएर सोमबार सम्पन्न भएको हो । 



×
Berita Terbaru Update