Notification

×

Iklan

Iklan

१२ कक्षाको नतिजा माघ पहिलो साताभित्रै

Monday, January 4, 2021 | January 04, 2021 WIB Last Updated 2021-12-30T03:24:35Z

 बेनी

पुस २०


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा ढिलोमा माघ पहिलो सातासम्म प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकेर ‘कम्प्युर इन्ट्री’ भैरहेकोले माघको पहिलो हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।





गत मङ्सिर ९ देखि १६ गते सम्पन्न परीक्षामा ४ लाख ३३ हजार १ सय ८० परीक्षार्थी सहभागी थिए । कोरोना भाइरस प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म लिने काम भैरहेको पनि बोर्डले जानकारी दिएको छ । छुटेका परीक्षार्थी संख्या थोरै रहेको तथा दुबैथरी परीक्षार्थीको नतिजा एकसाथ प्रकाशन हुने बोर्डले जनाएको छ ।


राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले विद्यार्थीको कपी परीक्षण र संपरीक्षणको काम सकेर ‘डाटा इन्ट्री’को काम भैरहेको जानकारी दिए । विद्यार्थीले प्राप्त गरेको नतिजा कम्प्युटरमा प्रविष्टिको काम सकी रुजु गरिने र त्यसलगत्तै नतिजा प्रकाशन गर्ने अर्यालको भनाइ छ । “सकेसम्म पुसभित्र नतिजा निकाल्ने गरी काम भैरहेको छ,” सदस्य सचिव अर्यालले भने, “नत्र माघको पहिलो साता सार्वजनिक हुन्छ ।”


कोरोना महामारीका कारण परीक्षा बोर्डले यस वर्ष मौजुदा नियम नै परिवर्तन गरी कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अङ्कभारको परीक्षामात्र लिएको थियो । त्यसबाहेक सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनबाट २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्ताङ्कबाट ४० प्रतिशत अङ्कभार जोडेर नतिजा निकाल्ने बोर्डको तयारी छ ।



×
Berita Terbaru Update