Notification

×

Iklan

Iklan

आज भूकम्प सुरक्षा दिवस मनाइँदै

Thursday, January 14, 2021 | January 14, 2021 WIB Last Updated 2021-12-30T03:24:25Z

बेनी

माघ २



आज नेपालमा २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं. १९९० माघ २ गते गएको महाभूकम्पको सम्झानामा सरकारले २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो । यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ ।





जनचेतनाका लागि नेपालमा बर्सेनि भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । तर, त्यसका लागि आवश्यक नीतिगत तर्जुमादेखि त्यसको कार्यान्वयन हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको बारपाक भूकम्प त्यसको पछिल्लो उदाहरण हो । गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पले करिव ९ हजार नागरिकको मृत्यु भएको थियो ।


नेपाल यसै पनि भूकम्पको उच्च जोखिममा रहेको देशमध्येमा पर्छ । यहाँ ८० देखि १ सय वर्षको अन्तरमा ठूला र विनाशकारी भूकम्प जाने गरेको पाइन्छ । २०७२ को भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माण कार्यक्रम अहिलेसम्म पनि सम्पन्न भइसकेको छैन ।


यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई एकढिक्का भएर लागि पर्न आह्वान गरेका छन् ।


राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दीगो विकास लक्ष्यहरु तथा पेरिस सम्झौता लगायतका अन्तर्राष्ट्रिय अनुबन्धहरुले तय गरेका प्राथमिकता र लक्ष्यहरुलाई आधार मानेर नेपालको मौलिक कार्ययोजनाका साग अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।



×
Berita Terbaru Update