Notification

×

Iklan

Iklan

विप्लव माओवादीद्वारा १० गते नेपाल बन्दको घोषणा

Thursday, January 14, 2021 | January 14, 2021 WIB Last Updated 2021-12-30T03:24:25Z

 बेनी

माघ २



आफ्नो पार्टीका उपल्ला स्तरका नेता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत रहेका चक्रप्रसाद बास्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा यस्तो घोषणा सार्वजनिक भएको हो ।




बुधबार प्रहरीले उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लव समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो ।


महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार माघ ३ गते देशव्यापी जुलुस, ५ गते विरोधसभा, ७ गते  विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दका कार्यक्रम रहेका छन् ।



×
Berita Terbaru Update