Notification

×

Iklan

Iklan

स्वर्गीय आमाको सम्झनामा वृद्धवृद्धालाई भोजन

Wednesday, February 3, 2021 | February 03, 2021 WIB Last Updated 2021-12-30T03:24:10Z

 बेनी

माघ २१




म्याग्दीको एक परिवारले स्वर्गीय आमाको सम्झनामा वृद्धवृद्धा र बटुकहरुलाई भोजन गराएको छ । स्वर्गीय आमा प्रेमकुमारी पौडेलको स्मृतिमा रघुगङ्गा–३, रानीपौवाका सुमन पौडेल दम्पतिले गलेश्वरधामस्थित ज्येष्ठनागरिक आश्रममा बस्दै आएका ज्येष्ठ नागरिक र विद्याश्रममा अध्ययनरत बटुकहरुलाई एक छाक भोजनको व्यवस्था गरेका हुन् ।




“आज हाम्री आमाको १६औं पुण्यतिथि हो,” पौडेल दम्पतिले भने, “आमाको सम्झनामा थोरै भए पनि अन्नदान क्षेत्रलाई सहयोग होस् भनेर भोजन खुवाएका हौं ।” ज्येष्ठ नागरिक आश्रममा बस्नेहरु पनि कसैका आमा र बुबा रहेको बताउँदै पौडेलले आगामी दिनमा पनि सामथ्र्यअनुसार सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।




पछिल्लो समय म्याग्दीमा आफन्तको मृत्युपछि अन्त्येष्टि क्रियासँगै बाटो खन्ने, धारा, पानी, चौतारीको व्यवस्था गर्ने, सामाजिक संघसंस्थालाई आर्थिक सहयोग गर्ने चलन बढ्न थालेको छ ।



×
Berita Terbaru Update