Notification

×

Iklan

Iklan

अबको कोरोना खोप स्थानीय स्वास्थ्य चौकीबाटै

Sunday, February 21, 2021 | February 21, 2021 WIB Last Updated 2021-12-30T03:23:51Z

 बेनी

फागुन ९






कोरोना महामारीविरुद्ध सरकारले माघ १४ गतेदेखि खोप अभियान शुरु ग¥यो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपलाई उपयोग गर्दै सरकारले शुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्सका चालक, शववाहन चालकसहित फ्रन्टलाइनरलाई खोप लगायो । त्यसपछि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिइएको थियो । 


पहिलो चरणको खोप लिन सदरमुकाम बेनीबजार आउनैपर्ने बाध्यता थियो । तर, दोस्रो चरणमा खोप लिनेले भने बेनी धाउनु नपर्ने भएको छ । नेपाल सरकारले स्थानीय स्तरमा स्थापना स्वास्थ्य चौकीबाटै अन्य सुविधासरह कोरोना विरुद्धको खोप लगाउने व्यवस्था सरकारले गर्न लागेको हो ।


बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार देशभर रहेका स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गर्ने तयारी भैरहेको छ । ज्येष्ठ नागरिकले आफ्नो स्थानीय तहकै स्वास्थ्य संस्थाबाट खोप पाउनेछन् । 


देशव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइसकेको खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन् ।




पहिलो चरणमा जिल्ला अस्पताल र राजधानी काठमाडौंको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका कारण यो पटक समुदायस्तरमै खोप अभियान सञ्चालन गर्न लागिएको गौतमको भनाइ थियो ।


दोस्रो चरणका लाभग्राही

फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको अभियान अन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरे पनि मन्त्रालयले भने ६० वर्षभन्दा माथिकालाई मात्र खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । 


यसरी खोप लगाउनेमध्ये सबैभन्दा बढी संख्या ज्येष्ठ नागरिकको हुनेछ । मन्त्रालयका अनुसार दोस्रो चरणमा खोप लगाउनेमध्ये ज्येष्ठ नागरिकको संख्यामत्रै २७ लाख रहेको छ । “सरकारको तथ्याङ्कमा भएका सबै मानिसले खोप लगाउँछन् भन्ने हुन्न”, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने, “हामीले अनुमान गरेको २७ लाख हो ।” 


पहिले अनुदानमा आएको र खरिद गरिएको २० लाख डोजले कोभ्याक्समार्फत थप २२ लाख डोज खोप आउने अधिकारीले बताए । “खोप लगाउन पाइन्न कि भन्न पर्दैन,” अधिकारीले भने, “हामी योजना अनुसार नै लक्षित समूहलाई खोप लगाउन सक्छौं ।”



×
Berita Terbaru Update