Notification

×

Iklan

Iklan

एकताको पक्षमा उभिन नेकपा नेता रिजालको अनुरोध

Tuesday, February 23, 2021 | February 23, 2021 WIB Last Updated 2021-12-30T03:23:48Z

 बेनी

फागुन १२





सत्तारुढ नेकपाको माधव–प्रचण्ड पक्षधर केन्द्रीय सदस्य तथा विदेश विभाग उप–प्रमुख विष्णु रिजालले पछिल्ला राजनीतिक तिक्तता बिर्सेर पुरानै नेकपाको एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।


आज बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै रिजालले यस्तो अनुरोध गरेका हुन् । घटनाक्रमबाट पाठ सिक्दै सबै नेताले आ–आफ्ना सीमा र सबलता बुझ्न सकियो भने नेकपा पुनः एकीकृत भएर अघि बढ्न सक्ने नेता रिजालको विश्वास छ । सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेताहरुलाई पुनः एकपल्ट ठन्डा दिमागले सोच्ने मौका दिएको रिजालको भनाइ छ ।


नेकपाको औपचारिक विभाजन भइनसकेकाले पुनः एकता सम्भव रहेको सङ्केत गर्दै उनले लेखेका छन्, “धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बाँकी छ । एकताका लागि आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने समय आएको छ । आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो ।”


उनले एकता बिथोलिएको देखे–भोगेका नेता कार्यकर्ताले नै भोलिका दिनमा सजगतापूर्वक एकता बचाउन सक्ने भन्दै हारेको सिपाहीले सजगतापूर्वक युद्ध लड्ने तर्क प्रस्तुत गरेका छन् ।



×
Berita Terbaru Update