Notification

×

Iklan

Iklan

मुख्यमन्त्री कप भलिबलः बिजेता टोलीलाई गृहजिल्लामा भव्य स्वागत

Thursday, February 25, 2021 | February 25, 2021 WIB Last Updated 2021-12-30T03:23:48Z

बेनी

फागुन १३




हालै कास्कीको पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको बिजेता बनेका महिला भलिबल खेलाडीलाई गृहजिल्ला म्याग्दीमा भव्य स्वागत तथा सम्मान गरिएको छ । सदरमुकाम बेनीमा बुधबार विभिन्न आयोजना गरी भलिबल खेलका बिजेतालाई सम्मान गरिएको हो । 



यसक्रममा जिल्ला भलिबल संघ, म्याग्दी र जिल्ला प्रहरी कार्यालय, म्याग्दीले फरकफरक कार्यक्रमको आयोजना गरी सम्मान गरेका थिए । 



जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीबजारमा विजय उत्सव मनाइएको छ । यसक्रममा बाजागाजासहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित सम्मान समारोहमा खेलाडीहरुसँगै खेल प्रशिक्षक र टिम व्यवस्थापकहरुलाई भव्य सम्मान गरिएको थियो ।





मुख्यमन्त्री कप प्रतियोगितामा बिजेता बनेको म्याग्दीले नगद २ लाख रुपैयाँ जितेको थियो । बुधबारको सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीले पनि नगद २० हजार रुपैयाँ एवं सम्मानपत्रले सम्मान गरिएको थियो ।



गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, आयोजक लगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए । 



बुधबार नै जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले सम्मानपत्र र खादा लगाएर सम्मान गरेका छन् ।

 


×
Berita Terbaru Update