Notification

×

Iklan

Iklan

भोलि सार्वजनिक विदा

Thursday, February 11, 2021 | February 11, 2021 WIB Last Updated 2021-12-30T03:24:03Z

बेनी

माघ २९




सरकारले सोनाम ल्होसारको अवसरमा भोलि शुक्रबार राष्ट्रिय विदा दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर  बूढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।





नेपालमा सार्वजनिक विदा धेरै भएको भन्दै ओली सरकारले २०७४ सालमा माघे सङ्क्रान्ति, ल्होसारलगायतका विदामा कटौती गरेको थियो । तर, यसपटक भने दुबै पर्वको दिन विदा दिने घोषणा गरिएको हो ।



नेपालमा तमु, सोनाम र ग्याल्पो गरी तीन किसिमका ल्होसार पर्व मनाउने प्रचलनछ ।



×
Berita Terbaru Update