बेनी
माघ २२
नेपालको पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना खुला गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्षको कार्यालयले एक सुचना प्रकाशन गरी विभिन्न सङ्कायमा अध्ययन गर्न ईच्छुक विद्यार्थीलाई भर्ना शुरु भएको जानकारी गराएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको एक साता नबित्दै त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०७७/७८ स्नातक तहमा भर्नाको कार्यक्रम सार्वजनिक गरेको हो । विश्वविद्यालयको सूचना अनुसार त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीले आगामी फागुन १२ गतेसम्म भर्ना भैसक्नुपर्नेछ ।
अघिल्ला वर्षहरुमा भदौ/असोज महिनादेखि नै स्नातक तहमा भर्ना शुरु हुने गरेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण यस वर्ष वैशाखमा सम्पन्न हुनुपर्ने कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि शुरु भएपछि स्नातक तहको पठनपाठनका कार्यक्रम प्रभावित भएका थिए ।
विश्वविद्यालयको सूचनामा भर्ना आवेदन वितरणदेखि नतिजा प्रकाशनसम्मको ‘डेटलाइन’ तोकिएको छ।