बेनी
माघ २९
प्रतिनिधिसभा विघटनको विरुद्धमा दर्ता भएका मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइको क्रममा जारी बहस सकिएको छ । सरकारी वकिल र सभामुखको तर्फबाट बिहीबारदेखि बहस सकिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार अब आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । रिट निवेदकको जवाफी बहसपछि एमिकस क्यूरीले सर्वोच्च अदालतलाई आवश्यक सुझाव दिनेछ ।
यी सबै प्रक्रिया पूरा हुन एक साता लाग्ने र त्यसपछि सर्वोच्च अदालतको फैसला आउनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा मुद्दा दर्ता भएका थिए ।
सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।
प्रतिनिधि सभा विघटनको मुद्दालाई संवैधानिक इजलासमा सुनुवाई गर्ने कि बृहत् पूर्ण इजलासमा लैजाने भन्ने विवाद र बहसका बीच संवैधानिक इजलासमै यसको सुनुवाइ हुँदै आएको थियो ।
प्रतिनिधि सभा विघटनको मुद्दामाथि सर्वोच्चमा बहस भैरहँदा यसको समर्थन र विरोधमा सडकमा नारा, जुलुस, धर्ना र विरोधका कार्यक्रम हुँदै आएको छ ।