बेनी
फागुन १२
प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा म्याग्दी सदरमुकाम बेनीमा दीप प्रज्ज्वलन गरिएको छ । विभाजित नेकपाको माधव नेपाल–प्रचण्ड पक्षधर अनेरास्ववियू र यूवा संघले मङ्गलबार साँझ विरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरी खुशी साटासाट गरेका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतको मङ्गलबारको फैसलाले वदर गरेको थियो ।
मङ्गलबार साँझ सुनाइएको फैसलामा १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेशसमेत जारी गरिएको छ ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि संवैधानिक इजलासमा भएको दुई महिनालामो सुनुवाई, एमिकस क्युरीको सुझावपछि सर्वोच्चले मङ्गलबार फैसला सुनाएको हो ।
प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ दल नेकपाभित्रको विवाद सतहमा मात्रै आएन, यसले नेता– कार्यकर्तालाई दुई चिरामा बाँडेको छ ।