Notification

×

Iklan

Iklan

बन्दले म्याग्दीको जनजीवन प्रभावित

Wednesday, February 3, 2021 | February 03, 2021 WIB Last Updated 2021-12-30T03:24:09Z

 बेनी

माघ २२




नेकपाको माधव नेपाल–प्रचण्ड समूहले आजका लागि आह्वान गरेको देशव्यापी आमहड्तालका कारण म्याग्दी जिल्लाको जनजीवन प्रभावित बनेको छ । 




बन्दका कारण विद्यालय, क्याम्पसलगायतका शैक्षिक क्षेत्रको पठनपाठन प्रभावित बनेको छ । त्यसैगरी सदरमुकाम बेनीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन नछुट्दा सर्वसाधारणलाई सास्ती भएको छ । 




सदरमुकाम बेनी र आसपासका सडक सुनसान देखिएका छन् भने मूल बजार बन्द छ । सडकमा दूध, तरकारी लगायतका अत्यावश्यक सामान ढुवानी गर्ने सवारी र प्रहरीको मोबाइल भ्यानबाहेक अरु सवारी साधन चलेका छैनन् । 




कोरोना महामारीका कारण ७ महिनादेखि बन्द अवस्थामा रहेको शैक्षिक क्षेत्र चलायमान हुँदै गर्दा आह्वान गरिएको आमहड्तालका कारण पहिलो त्रैमासिक परीक्षा दिन लागेका विद्यार्थीहरु मारमा परेका छन् । त्यसैगरी बिहानी सत्रको कक्षामा सामेल हुन पर्वतको मिलनचोक, खोलाखेत, म्याग्दीको बगरफाँट, खबरालगायतका ठाउँबाट क्याम्पस आएका विद्यार्थीहरु निराश बनेर घर फर्किएका छन् । 




प्रतिनिधि सभा विघटनलाई असंवैधानिक कदम भन्दै नेकपाको माधव–प्रचण्ड समूहले आन्दोलन गर्दै आएको छ । यसैबीच बुधबार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक अङ्गका प्रमुख र पदाधिकारीको नियुक्ति गरेपछि उक्त घटनालाई ‘सरकारको जबर्जस्ती’ भन्दै माधव–प्रचण्ड पक्षले देशव्यापी आमहड्तालको आह्वान गरेको थियो । 



×
Berita Terbaru Update