Notification

×

Iklan

Iklan

आज सोनाम ल्होसार मनाइँदै

Thursday, February 11, 2021 | February 11, 2021 WIB Last Updated 2021-12-30T03:24:03Z

बेनी

माघ ३०



तामाङ समुदायको ठूलो पर्व सोनाम ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व यस वर्ष आज (शुक्रबार) परेको छ ।




मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ भने आजैका दिनदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । 



सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको संस्कृतिविदञहरु बताउँछन् ।





संस्कृति सम्बन्धी अनुसन्धाता टीका शेर्पाले ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले सो समुदाय प्रकृतिपूजक रहेको जानकारी दिए । तामाङ जातिको बाहुल्य रहेको वाग्मती प्रदेशका रसुवा, धादिङ, नुवाकोटकलगायतका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाउने प्रचलन छ ।



ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गरेका छन् ।


सोनाम ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । 


×
Berita Terbaru Update