Notification

×

Iklan

Iklan

छ महिनामा पाँच खर्ब विप्रेषण नेपाल भित्रियो

Monday, February 8, 2021 | February 08, 2021 WIB Last Updated 2021-12-30T03:24:05Z

बेनी 

माघ २६






राष्ट्र बैंकको आर्थिक विवरणअनुसार गत साउनदेखि पुस मसान्तसम्म चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण नेपाल भित्रिएको हो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष भित्रिएको रकम ११.१ प्रतिशतले बढी भएको विवरणमा उल्लेख छ ।



विप्रेषण रकम बढे पनि वैदेशिक रोजगारीका लागि अनुमति लिने क्रम भने अघिल्लो वर्षको तुलनामा यो वर्ष घटेको देखिएको छ । विवरण अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । 



वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । 



कोरोना महामारीका कारण नेपालीहरुको श्रम गन्तव्य मुलुकमा लकडाउन भए पनि नेपाल भित्रिने विपेषण रकम बढेको आँकडा सार्वजनिक भएको छ ।



×
Berita Terbaru Update