Notification

×

Iklan

Iklan

सुरक्षाका लागि सपनाले गुहारिन् गृहमन्त्री

Sunday, February 14, 2021 | February 14, 2021 WIB Last Updated 2021-12-30T03:24:01Z

 बेनी

फागुन २




बेवारिसे शव व्यवस्थापनमार्फत् समाजसेवामा सकृय रहेकी म्याग्दीकी सपना रोकाले सुरक्षाका लागि गृहमन्त्रीलाई गुहार्नुपर्ने स्थिति आएको छ । सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्रहत्या भएको र ज्यान मार्ने धम्की दिइएको भन्दै शान्तिसुरक्षाको लागि गृहमन्त्रीकहाँ पुगेकी हुन् ।






 “सामाजिक सञ्जालमार्फत् मेरो चरित्रहत्या गर्ने दुष्प्रयास भएको छ,” म्याग्दीको मङ्गला गाउँपालिका–३, बराङ्जाकी स्थायी बासिन्दा रोकाले भनिन्, “यसबारे गृहमन्त्रीज्यूलाई जानकारी गराएका छौं । विशेषगरी शान्तिसुरक्षाको प्रत्याभूति र दोषीलाई कारवाही गर्न अनुरोध गरेका छौं ।”



बेलायती सञ्चार संस्था बिबिसीको ‘प्रभावशाली १०० महिला’को सूचीमा छानिएकी रोका मगरका ‘बुबा’ भनिने विनयजङ्ग बस्नेतले सामाजिक सञ्जालमार्फत् गालीगलौज गर्दै भयदोहन (ब्लयाकमेलिङ) गर्दै आएका थिए ।



बस्नेतविरुद्ध प्रहरीमा समेत जाहेरी दिएकी सपनाले गत २५ गते नै आवश्यक कारवाहीका लागि गृहमन्त्रीलाई भेटेर अनुरोधसमेत गरेको थाहा भएको छ ।



×
Berita Terbaru Update