Notification

×

Iklan

Iklan

पत्रकार महासंघको चुनाव चैत २५ गते

Wednesday, March 17, 2021 | March 17, 2021 WIB Last Updated 2021-12-30T03:23:28Z

 बेनी

चैत ४




नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो । 


महासंघको संशोधित विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकै दिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । यसपटकदेखि देशभरका साधारण सदस्यहरूले मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।


बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।



×
Berita Terbaru Update