Notification

×

Iklan

Iklan

अस्ताए ‘बेनीको बजार’ गीतका सर्जक श्रेष्ठ

Friday, March 26, 2021 | March 26, 2021 WIB Last Updated 2021-12-30T03:23:24Z

बेनी

चैत १२





म्याग्दीलाई जिल्लाबाहिर चिनाउने ‘बेनीको बजार, जता माया उतै छ नजर‘ गीतका सर्जक एवं गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । लोकगायनमार्फत् सदरमुकाम बेनीसहित जिल्लाको पहिचान स्थापित गरेका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।



पारिवारिक स्रोतका अनुसार मृगौला रोगबाट पीडित श्रेष्ठले नियमित रुपमा डाइलाइसिस गराउँदै आएका थिए ।


श्रीमती तथा गायक मन छन्त्यालसँग श्रेष्ठले पहिलोपटक २०३१ सालमा रेडियो नेपालबाट ‘बेनीको बजार’ शीर्षकको गीत गाएका थिए । बेनी बजारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिनाउ  सफल भएको यो गीतलाई स्थापित लोकगायक राजु परियार र अरु कलाकारले नयाँ ‘भर्सन’मा गाँएका छन् ।


प्रजातन्त्र दिवसको अवसरमा पारेर पहिलोपटक वि.स. २०३१ साल फागुन ७ गते काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा पहिलोपटक ‘बेनीको बजार’ बोलको गीत गाइएको थियो । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालको जोडीले गाएको यो गीत नै तत्कालीन १४ अञ्चल ७५ जिल्लाबाट सहभागी प्रतियोगी मध्ये उत्कृष्ट भएको थियो।


केही समय म्याग्दीमा शिक्षण कार्यसमेत गरेका स्वर्गीय कलाकार श्रेष्ठ पछिल्लो समय बुटवलमा बस्दै आएका थिए ।


×
Berita Terbaru Update