बेनी
चैत १५
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना भएयता प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट भएको हो ।
प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसद सञ्चालन प्रक्रियामा सहयोगी नबनेको सभामुखमाथि आरोप लगाउँदै आएका छन् ।
आइतबार बिहान बालुवाटारमा ११ बजे भएको भेटवार्ता करिब २ घण्टासम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले संसदलाई प्रभावकारी बनाउने, महत्वपूर्ण र जरुरी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेटघाट भएको र भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छुट्टै कुराकानी भएको छ ।